१५ दिनमा १ अर्ब नाफा गर्न आयल निगमले बढायो इन्धनमा २ रुपैयाँ मुल्यबृद्धि

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा निगमले मुल्य बढाएको हो ।

निगमले सबैमा २-२ रुपैयाँ मुल्य वृद्धि गरेको छ । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको जनाएको छ । निगमले अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी रहेको जनाएको छ । मुल्य बृद्धिसँगै निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ । निगमका अधिकारीहरुले सञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गरेका छन् ।

नेपाल आयल निगममा सुरेन्द्र पौडेल नयाँ प्रवन्ध निर्देशकका रुपमा नियुक्त भएका छन् । उनले घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफा लगेका थिए ।

तर उनको नेतृत्वले पनि विगतको जस्तै उपभोक्ताको ढाड सेकिने गरी नाफा केन्द्रित भएर मूल्य तोक्न थालेको भन्दै उपभोक्तावादीहरु आरोप लगाउँछन् ।

निगमले नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ता थप महंगीको मारमा पर्ने भएका छन् ।

यसअघि दशैंतिहारका बेला घाटा हुँदला पनि मूलय नबढाएको भन्द्यै निगमका अधिकारीले त्यो घाटा पूर्ति भएपछि वैज्ञानिक तवरबाट मूल्य समायोजन गरिने बताएका छन् ।

Loading...