जीन्दगी

नवीन जैसी

 

कतै घाम कतै पानी पर्छ किन हाेला ?
घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ?

भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै
बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ?

भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे
त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ?

काेही अाफू रून्छन, काेही अरू रूवाउछन्
रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला ?

नाम, दाम, ज्ञान, ध्यानकाे प्यास नमर्दै
भनी देउन राजै मान्छे मर्छ किन हाेला ?

अस्तु ।

Loading...