अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।

यसैगरी स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ गरेको छ । निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भए पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन् ।

प्रवक्ता लामिछानेका अनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । उनले अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् ।

Loading...