जिबोटी सामुद्रिक तटमा डुङ्गा दुर्घटना, १३० भन्दा बढी आप्रबासी बेपत्ता

एजेन्सी । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३० आप्रवासी शरणार्थी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले बुधबार जनाएको छ ।

आईओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सङ्गठनले भनेको छ, “जिबोटीको ओबोक क्षेत्र नजिकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।”

अहिलेसम्म दुई जनालाई जीवितै र तीन महिलाको मृत शरीरलाई उद्धार गरिएको आईओएमले बताएको छ ।

बेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा बेपत्ता भएको करिब २४ घण्टा भएकाले जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि बेपत्ता भएका नागरिक कुन देशका थिए भन्ने बारेमा पनि आईओएमले जनाएको छैन ।

गरिब इथियोपियाली नागरिकले राम्रो आर्थिक अवसरको खोजीमा उक्त बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर वा खाने पानीको अभावमा वर्षेनी हजाराँै मानिसले ज्यान गुमाउने गरेका छन् ।

पछिल्ला वर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्नसक्ने भनी स्थानीय छापा तथा प्रसारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामूलक विज्ञापनलाई हटाएका छन् ।

Loading...