शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनद्वारा आन्दोलनको चेतावनी

काठमाडाैं । कर्मचारी समायोजनको नाममा शिक्षा सेवाका कर्मचारीमाथि अन्याय भएको भन्दै कर्मचारीका संघ संगठनले आपत्ति जनाएका छन । निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारिक ट्रेड युनियन लगायतले यथावस्थामा नै समायोजन स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिएका हुन ।

मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर उनीहरुले आफ्नो माग पत्र पेश गर्दै सो पूरा नभए आन्दोलनको चेतावनी दिएका हुन् । नेपाल सरकारबाट हालै जारी गरिएको कर्मचारी समायोजन ऐन, २०७५ विवेक सम्मत ढङ्गले कार्यान्वयन गर्न आफूहरु तयार रहेको तर कर्मचारीलाई नै गुमराहमा राखेर समायोजन फाराम भर्न बाध्य बनाइएको उनीहरुकाे भनाइ छ । साथै शिक्षा सेवाका कर्मचारीकाहरुको मात्र वृत्तिविकास लगायत वरियता क्रममा समेत प्रतिकूल प्रभाव पर्ने देखिएको दावी गर्दै यथावस्थामा समायोजनको कार्य अगाडि नबढाउन उनीहरुले माग गरेका छन ।

माग पत्रमा शिक्षा सेवाका मौजुदा कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाका दरबन्दी कायम गरी खटाउने व्यबस्था गर्न, शिक्षा मन्त्रालय र सो अन्तरगतका कार्यालय लगायत प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्तिविकासमा असर नपर्ने गरी संगठन संरचना (O&M) गर्न माग गरिएको छ ।

निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनका अध्यक्ष हरिभक्त पौडैल र सचिव श्रीहरी श्रेष्ठसहित नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोख्रेल, नेपाल निजामती कर्मचारी युनियन (संघ) विभागीय कार्यसमिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद भट्ट त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय समितिका अध्यक्ष निमप्रकाश सिंह राठौरलगायत कर्मचारीका प्रतिनिधिहरुले मन्त्रालय पुगेर सचिव खगराज बराल समक्ष मागपत्र पेश गरेका हुन् ।

हेर्नुस् मागपत्र

माग पत्र २०७५।१०।१५

Loading...