अमेरिका र चीनबीच सम्बन्ध अझ चिसिदै, हुवावे विरुद्ध अमेरिकाद्वारा ठगी मुद्दा दायर

अमेरिकाको न्याय विभागले चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगीको मुद्दा दायर गरेको छ । अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेकोसहितका आरोप लगाइएको हो ।

मेङ्गलाई गएको डिसेम्बरमा अमेरिकाको आग्रहमा क्यानडाको प्रहरीले भ्यानकुभरमा पक्राउ गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप उनी र उनको कम्पनी हुवाईमाथि छ ।

मेङ्ग पक्राउ परेपछि चीन, क्यानडा र अमेरिकाको सम्बन्धमा गम्भीर असर परेको छ । मेङ्ग र हुवाई कम्पनी दुवैले आरोप अस्वीकार गर्दै आएका छन् ।

यहि घटनासँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका कारण केही दिनअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडियन राजदूतलाई बर्खास्त गरेका थिए ।

Loading...