बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी प्रहरी एसपीको मृत्यु, सिडियो गम्भीर घाइते

मकवानपुर । बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् ।

बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार बा. १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको हाे ।

दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर बलका गणपति समेत रहेका एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिडीओ भट्टराई गम्भीर घाइते भएका छन ।

निजगढस्थित सहिद हिरालाल पार्कमा आयोजना गरेको कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम सकाएर कलैया फर्कने क्रममा दुर्घटना भएकाे हाे । जितपुर सिमरा उपमाहानगरपालिका र निजगढ नगरपालिकाको बीचमा पर्ने पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्वर नखुलेको ट्क्याटरको टेलरमा प्रमुख जिल्ला अधिकारीको गाडी ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ ।

भट्टराईको उपचारको लागि विरगंजस्थित नारायणी अञ्चल अस्पतालमा लगिएको छ। घटनामा प्रहरी जवान शम्भु गुरुङ्ग र चालक जगत राउत पनि सामान्य घााईते भएका छन ।

मृत्यु भएका पोखरेल मकवानपुरमा लामो समय सशस्त्रको डिएसपी भउर बसेका थिए । उनले अफिर्सस क्लबमा रहेको सशस्त्र जिल्लाको कमाण्डलाई मैदा टोलमा रहेको कर्रा खोला नजिक सारेका थिए ।

Loading...