अध्ययनले भन्छ, कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा

एजेन्सी । कलेजो विग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ ।

क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।

कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।

सन् २०१२ देखि २०१६ सम्ममा २४.२ देखि ३६.७ प्रतिशत सम्म कलेजोसम्वन्धी विरामीहरू मदिराका कारण विरामी भएको पाइएको अध्ययनले देखाएको छ ।

Loading...