राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकार नै यसरी परे पक्राउ

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नुभएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चारमाध्यमले मुलरको कार्यालयको स्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् ।

झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरूमा अवरोध गरेको, प्रमाणहरू बिगारेको लगायतका आरोप स्टोनमाथि लगाइएको छ ।

Loading...