ढोरपाटन महिला भलिबल : पुलिस र एपिएफ विजयी

काठमाडौँ । ढोरपाटन महिला भलिबल प्रतियोगितामा विभागीय टिम पुलिस र एपिएफ विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले आयोजक ढोरपाटन तथा चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले ढोरपाटनलाई २५–२, २५–२३ र २६–२४ अङ्कले तथा अर्को खेलमा चितवनलाई २५–७, २५–४ र २५–२० अङ्कले हरायो । जितसँगै एपिएफले १५ अङ्क जोडेको छ ।

अर्को खेलमा पुलिसले थाहा नगरपालिकालाई २५–८, २५–१४ र २५–१८ अङ्कले हरायो । त्यस्तै सेब स्कूलले पश्चिमाञ्चललाई २७–२५, २०–२५, १७–२५, २५–२२ र १५–८ अङ्कले पराजित ग¥यो ।

आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई २५–१६, २५–२३ र २६–२४ अङ्कले हरायो । प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक्सेल्सियरको दोहोरो जित

आयोजक द एक्सेल्सियर स्कूलले सातौँ एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा आज दोहोरो जित निकालेको छ । स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियर ‘ए’ ले ग्यालेक्सीलाई २–० गोलले पराजित ग¥यो । एक्सेल्सियर ‘ए’ का धीरज जोशीले दुवै गोल गरे । त्यस्तै एक्सेल्सियर ‘बी’ले एनआरएसएचएसलाई ३–१ गोलले हरायो । सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल्यो भने स्राइन मोडेलले राजन मेमोरियल स्कूललाई ५–२ गोलले पराजित ग¥यो ।

जेभियर र टाइम्स फाइनलमा

जेभियर इन्टरनेशनल कलेज र टाइम्स कलेज १८औँ ज्ञान निकेतन छात्र बास्केटबल प्रतियोगिताको फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा जेभियरले ट्रिनिटीलाई ६८–५१ अङ्कले पराजित ग¥यो । जेभियरको जितमा सुनील थापाले १६ अङ्कको योगदान दिए । सुजन लिम्बूको २१ अङ्कको सहयोगमा टाइम्सले सिसीआरसीलाई ५६–३८ अङकले हरायो ।

Loading...