धारावासीलाई साहित्य तथा पत्रकारिता पुरस्कार

भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ ।

कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए । एक दर्जन बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन ।

कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति गठन गरेको थियो । कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका झापा संवाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार यही माघ १६ गते प्रदान गरिने बताइएको छ ।

Loading...