सांसदमा मान्यज्यूहरूको काइदा, देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्म

हतारिएका सभामुखकाे जिब्राे यसरी चिप्लिएपछि

काठमाडाैं । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।’

तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्। कांग्रेस र सत्तारुढ दलका सांसदबीच ठेलमठेल भयो। रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए।

पोखरेललाई नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदले रोष्टमसम्म पुर्‍याउने प्रयास गरे तर सकेनन । कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलले मन्त्री पोखरेल बीच मै रोकिए। पछि फर्किएर आफ्नै कुर्सीमा गए। दुबै दलका सांसदहरुबीच ठेलमठेल जारी रहँदा सभामुख महराले १५ मिनेटका लागि पुनः बैठक स्थगित गरे।

हतारिएका सभामुखकाे जिब्राे चिप्लिएपछि

संसद बैठक सुरु गर्न सभामुख कृष्णबहादुर महरा मुख चल्मलाउन मात्र के लागेका थिए, कांग्रेस सांसदहरु हल्लागर्दै अघि बढिहाले । त्यसपछि सभामुख महरा थाेरै हडबडाएकाे देखियाे । उनले त्यहीबेलै भने कि मैले बैठक सुरु गरेकै छन् । तर पनि कांग्रेस सांसदहरुले मानेनन् । त्यसपछि महराले भने, ”मान्यज्यूहरुले अाज गल्ती गर्नुभयाे । अब आजै १५ मिनेटका लागि स्थगित भएको बैठक प्रराम्भ गर्छु। म कारवाहीका कार्यसूची अघि बढाउँछु।” त्यसपछि सभामुख महरा थाेरै केही अावेगमा अाएकाे पनि देखियाे । उनले छिटाेछिटाे वक्ताकाे नाम बाेलाउन सुरु गरे । यही क्रममा सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्रीलाई अनुमति दिन हतारिए। कांग्रेस सांसदहरु रोस्टम घेर्न पुग्दै गर्दा सभामुख महराले भने, ‘आज माननीय सदस्यहरूले गल्ती गर्नु भो। बैठक नै शुरु गरेको छैन। अब आजै १५ मिनेटका लागि स्थगित भएको बैठक प्रराम्भ गर्छु। म कारवाहीका कार्यसूची अघि बढाउँछु।

अब माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिजामणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।’ कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरिरहँदा सभामुख महरा आफ्नै पार्टीका नेताको नाम उच्चारणमा चिप्लिए। कांग्रेस सांसदहरुले नारावाजी गरिरहँदा सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि हुनुपर्नेमा गिरिजामणि उच्चारण गरेका थिए।

Loading...