शान्तिपूर्ण समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण

काठमाडौं, ५ माघ । शान्तिपूर्ण समाज निर्माणका लागि पत्रकारिता क्षेत्रबाट निर्वाह हुनसक्ने भूमिकाका विषयमा राजधानीमा छलफल भएकाे छ । नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु सहभागी भएकाे मिडिया फाेरममा उक्त छलफल भएकाे हाे ।

विश्व शान्तिका लागि काम गरिरहेकाे काेरियाली संस्था एचडब्लुपिएलकाे पहलमा काठमाडाैंमा भएकाे मिडिया फाेरममा विभिन्न मिडियाका सम्पादक तथा पत्रकारहरुले नेपालमा शान्तिकाे मुद्दा निकै जटील मुद्दा भएकाे बताए । समाजमा शान्ति स्थापनाका लागि पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह हुने ठहर गर्दै नेपालका सबै मिडियाले वास्तविक शान्तिका लागि कलम चलाउनुपर्नेमा वक्ताहरुले जाेड दिए ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका निवर्तमान सचिव प्रभात चलाउनेले समाजमा शान्ति कसरी स्थापना हुनसक्छ भन्ने बारेमा फरक फरक धारणा भए पनि शान्ति अन्तत: सबैकाे एकमात्र लक्ष्य भएकाे बताए । नकारात्मक कुरा मात्र समाचार हाे भन्ने परम्परागत साेचाइ ताेडेर अब प्रत्येक मिडियाकर्मीले अाफूले लेख्ने समाचारले समाजमा शान्ति स्थापना हुनसक्छ भन्ने बारेमा साेच्ने र ती समाचार सबैका बीच पुर्याउनुपर्ने उनले बताए । एचडब्ल्युपिएलले विश्वभर मिडिया नेटवर्क बनाएर शान्तिकाे एजेण्डामा मिडियाहरुलार्इ जाेडिरहेकाे बताउँदै उनले याे नेटवर्कमा जाेडिएर अाफ्नाे अावाज बलियाे बनाउन सकिने उनले बताए ।

कार्यक्रममा बाेल्दै मिडिया एक्सन नेपालका अध्यक्ष तथा बरिष्ठ पत्रकार लक्ष्मण दत्त पन्तले शान्ति भनेकाे खाली युद्धसँग मात्र नजाेडिने बताउँदै मानिसका मनमा शान्ति छ कि छैन भन्ने कुरासँग जाेडिने भएकाेले ती कुराहरु मिडियाले निकाल्नुपर्नेमा जाेड दिए । विश्व शान्तिका लागि एचडब्लुपिएलका अध्यक्ष मान ही ली काे याेगदान निकै प्रशंसनीय रहेकाे बताउँदै उनले त्यसबाट नेपालले सिक्नुपर्ने बताए । शान्तिकाे एजेण्डा विश्वव्यापी भएकाे र मानव जातिकाे पक्षमा भएकाे बताउँदै उनले समावेशीता र सहभागिताकाे अावाजकाे सम्बाेधनबाट पनि शान्तिलार्इ बल पुर्याउने बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले शान्ति सबैकाे साझा मुद्दा भएकाे बताउँदै पहिले मानिसकाे मन शान्त हुनसके मात्र अरु शान्ति हुने बताए । उनले पत्रकारहरुका श्रमका मुद्दाहरु अहिले गम्भीर बनेकाे बताउँदै भाेकाे पेटले अरु शान्ति नखाेज्ने भएकाेले ती कुरामा सबैका ध्यान जानुपर्ने बताए ।

त्यसैगरी जनता टेलिभिजनका समाचार संयोजक दीपेन्द्र दोङ तामाङले सञ्चार माध्यमहरुले द्धन्दात्मक समाचारलाई बढी प्राथमिकता दिने गरेकोमा गुनासो गरे । उनले नकरात्मक समाचार वा सन्देशले व्यक्ति र समाजलाई विभाजन मात्र गर्ने भएकोले सञ्चार माध्यम र पत्रकारहरु संवेदनशील हुनुपर्ने बताए । उनले हरेक व्यक्ति आफूले पाएको शिक्षा र आफू हुर्केको समाजको संस्कृतिबाट प्रभावित रहने भएकोले विद्यालयबाटै शान्ति शिक्षा र संस्कृतिको पठनपाठन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विश्वमा हुने गरेका हरेक किसिमका युद्धहरुको अन्त्य गर्न एचडब्लुपिएलले प्रतिपादन गरेको युद्ध विराम तथा शान्ति सम्बन्धी अन्तराष्ट्रिय घोषणापत्र डिपीसीडब्लुको पूर्ण कार्यन्वयन हुनुपर्ने बताए । कार्यक्रममा सहभागी सबैले सामाजिक शान्तिका लागि पत्रकारिता क्षेत्रबाट हुनसक्ने याेगदानका बारेमा चर्चा गरेका थिए ।

यही कार्यक्रमका साथ नेपालमा संयुक्त राष्ट्र संघको सहकार्यमा विश्व शान्तिकालागि अन्तराष्ट्रिय अभियान सञ्चालन गर्दै आएको संस्था एचडब्लुपिएल अन्तर्गत शान्ति पत्रकारिताका लागि मिडिया फोरम भ्वइस अफ प्रेस नेपाल च्याप्टरको शुभारम्भ भएको छ । विश्वमा भैरहेका युद्धहरुको अन्त्य गरी शान्तिपूर्ण समाज र देशको स्थापना गर्ने अभियानकालागि अन्तराष्ट्रिय सञ्चार समन्वय गर्ने उदेश्यले मिडिया फोरम सञ्चालनमा ल्याएको हो । हालसम्म नेपालसहित २२ मुलुकहरुमा मिडिया फोरम स्थापना भैसकेको छ ।

Loading...