ऐतिहासिक रानीकोट गढी घुम्दा

 

ऐतिहासिक रानीकोट गढी काठमाडौँको पूर्वी दक्षिणमा सुर्यविनायक नगरपालिका ८ मा अवस्थित छ । काठमाडौँबाट २१ कि मि दुरीमा समुद्र सतहबाट २२०० मिटर उचाइमा रमाइलो रानीकोट गढी  पुग्न यातायातको सहज पहुचमा रहेको यो उच्च भागबाट काठमाडौँ, ललितपुर र भक्तपुरका साथै समय अनुकुलतामा उत्तरी हिमश्रृखाला गणेश, मनास्लु , अन्नपूर्ण, गौरीशंकर, मकालु हिमालका साथै पर्वतमाला देख्न सकिन्छ । प्रकृति प्रेमी आन्तरिक पर्यटकहरुका लागि यो नयाँ गन्तव्यका रुपमा परिचित हुदै गएको छ ।

भक्तपुर सुर्य विनायकबात ७ किमि उक्लिदा पुगिने एस स्थानमा यात्राको क्रममा विभिन्न प्रजातिका चराचुरुंगी तथा बन्य जन्तु समेत अवलोकन गर्न सकिन्छ ।

भक्तपुर जिल्लाको गुन्डुकमा अवस्थित लिच्छवी कालीन रानीकोट दरवार क्षेत्र भक्तपुरका राजा नरेन्द्रदेवको पालामा निर्माण गरिएको मानिछ । हाल सो स्थानमा दरवारका भग्नावशेष अवस्थामा रहेको छ । स्थानीयवासी रमेश कुमार श्रेष्ठका अनुसार एकबर्ष अगाडि पुरातत्त्व विभागले उत्खनन गरी अध्ययन समेत गरेको बताउनुहुन्छ । राजा पृथ्वीनारायण शाहको पालामा नुवाकोट दरवार निर्माण भएकै समएमा भक्तपुरको यो रानीकोट दरवार निर्माण भएको भनाइ पाइन्छ ।

Ranikot

झीगु स: मंका स: ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಜನವರಿ 25, 2019

दरवार नजिकै बाघभैरव, विभिन्न कलात्मक बस्तु घेतिएकाले यो क्षेत्र पुरातात्विक महत्वको भएको बताइन्छ । दधिकोटस्थित अनन्तलिंगेश्वर मन्दिर लिच्छवीकालिन शिलालेख फेला पर्नुले पनि रानीकोट दरवार लिच्छविकालीन भएको पुष्टि गर्नसकिन्छ ।


पर्याप्त होटल रिसोर्ट समेत रहेको यहाँबाट सुर्येादय र सुर्यास्त को आनद लिन सकिने एस स्थानमा बिदाका दिहरुमा धेरै आन्तरिक पर्यटकको चहल पहल निकै बढेको पाइन्छ ।

 

Loading...