यसरी जुध्याे जापानी समुद्रमा दुई रुसी लडाकू विमान

काठमाडाैं । रुसी हवाई बलको दुई लडाकू विमान जापानी आकाशमा जुधेकाे छ । प्रशिक्षणमा रहेका ती विमान देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसी रक्षा मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमान जापानी समुद्रमाथि एक आपसमा ठाेकिएकाे थियाे । स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

ठक्कर खाएका विमान गोला बारुदबिना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।

Loading...