प्रधानमन्त्री ओलीले गरे पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णयसँगै कर्मचारी नियुक्त

काठमाडौं, ४ माघ । कागजका पानी जहाज बनाएर प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानी नेपालमा पानी जहाज चलाउने घाेषणालार्इ उडाइरहेका बेला सरकारले पानी जहाजकाे कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकाे हाे ।

उक्त निर्णय पत्रकार सम्मेलन नै अायाेजना गरेर सरकारले सार्वजनिक गरेकाे छ । उक्त कुराकाे जानकारी दिन सूचना तथा सञ्‍चार मन्त्रालयले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलनकाे अायाेजना गरेकाे थियाे । पत्रकार सम्‍मेलनमा बाेल्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कागजको होइन, अब साँच्चिकै पानीजहाज चल्ने घाेषणा गरे ।

मन्त्री बास्काेटाले सरकारले राजपत्राकिंत द्वीतीय श्रेणीको कर्मचारीको संयोजकत्वमा पानी जहाज कार्यालय स्थापन गर्ने नियर्ण गरेको जानकारी दिए। उनले भने ‘ अब नेपालमा कागजको पानी जहाज होइन साचिक्कैको पानी जहाज चल्छ। हामीले पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णय गरिसक्‍यौ।’ उक्त टोलीमा १६ जना कर्मचारी रहनेछन्। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा पानी जहाज चलाउने जनतालाई आश्‍वासन दिएका थिए।

त्यसैगरी सरकारले आउँदो चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । जसबाट वैदेशिक सहायता भित्र्याउने सरकारको लक्ष्‍य रहेको मन्त्री गोकुल बाँस्कोटाले बताए ।

Loading...