कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु

काठमाडाैं । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी विद्यालयको बाहिर भएको हो । हमलामा कम्तिमा ३८ जना गम्भीर घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक कार विद्यालयको बाहिर आएको थियो र चेकप्वाइन्टमा जब सुरक्षाककर्मीहरुले उसलाई रोक्न खोजे चालकले कारको गति गति बढाए र भित्तामा कारलाई ठक्कर दिए । त्यसलगत्तै कारमा बिस्फोट भएको थियो । बम हमलामा कार चालकको पनि ज्यान गएको बताइएको छ ।

Loading...