काराओके आईकन तथा मिस एस.ई.ई आईकन २०७५ प्रतियोगिता हुने

माघ २ ,काठमाडौँ । नेपाली कला ,संस्कृति,संगीत र सम्पदालाइ प्रस्तुतिको रुपमा फेसन तथा आईकन प्रतियोगिताको कार्येक्रम गर्दै आएको रेक्स् फेसन होमले दुइ विधामा काराओके आईकन तथा मिस एस ई.ई आईकन २०७५ प्रतियोगिता गर्ने भएको छ ।
अन्य विधामा धेरै प्रतियोगिता कार्येक्रम गरेका रेक्स् फेसन होमले यो पटक सांगीतिक विकास तथा गायन क्षेत्रलाइ व्यापकता दिन र कलाकार ,गाएक ,गायिका,नायक ,नायिका अनि दर्शक बीच मितव्यिता कायम गर्न काराओके प्रतिस्पर्धात्मक कार्येक्रमको आयोजना गर्नलागेको बताएको छ ।
दोश्रो विधामा शिक्षानै बिकासको पहिलो पाइला भन्ने नारा दिई एस.ई.ई दिएर बसेकाहरुलाई लक्षित गरि एस.ई.ई आईकन २०७५ गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पहिलो विधा कराओके आईकन यही आउदो फागुन मसान्त र दोश्रो विधा मिस एस.ई.ई आईकन बैसाख २१ मा काठमाडौँमा हुने भएको छ । प्रतिष्पर्धाको आधारमा बिजयीता छानिने कार्येक्रमका लागि बिहिबार बाटै प्रतोयोगी आवेदन खुल्ला गरिने रेक्स् फेसन होमका प्रवंद निर्देशक खगेस रंजितकारले बताउनु भयो । 

Loading...