सर्वोच्च अदालत विरुद्ध भारतीय सेनाका प्रमुख किन उत्रिए

नयाँदिल्ली । भारतीय सेनाध्यक्ष विपिन रावतले सर्वोच्च अदालतको फैसला विपरित समलैंगिक विवाह तथा परस्त्रिगमनलाई सेनाभित्र स्वीकार नगर्ने बताएका छन् ।

सर्वोच्च अदालतले यस्ता कामलाई अपराध मान्न नसकिने फैसला गरे पनि सेना प्रमुख रावतले भने सेना एक ‘कन्जरभेटिभ’संस्था भएकाले यस्ता काम स्वीकृत नहुने बताएका हुन् ।

‘सेनाभित्र यस्ता गतिविधि स्वीकृत छैनन्,’ सेनाध्यक्ष रावतले पत्रकार सम्मेलनमा भने, ‘सेना कन्जरभेटिभ संस्था हो । एक परिवार हो यो । यस्तो कुरा हामी सेनाभित्र पालना गर्न सक्दैनौँ ।’

जब कि, समलैंगिक विवाह र पर स्त्रिगमनलाई अपराधको रुपमा स्वीकार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले गरेको फैसलालाई भारतमा ऐतिहासिक फैसला मानिएको छ ।

साथै भारतमाथि बेलायतले शासन गर्दा बनाएको कानून खारेज गर्दै सर्वोच्चले इतिहासमा समलिंगीहरुमाथि राज्यले गरेको व्यवहारप्रति माफी समेत मागेको थियो ।सेना प्रमुख रावतले भने सेनाभित्र यस्तो गतिविधिलाई मान्यता दिँदा संस्थामा नै असर पर्नसक्ने भन्दै आफूहरुले पालना गर्न नसक्ने बताएका हुन् ।

Loading...