गोविन्द केसीका विरुद्ध इलाममै थापाले सुरु गरे आमरण अनसन

इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् ।

समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले शुक्रबारबाट आफ्नो दोस्रो अनशन शुरु गरेका गरेका हुन् ।

यसअघि उनी बैशाखमा सरकारले गाँसबास कपाससहित निःशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए । दोस्रो अनसन उनले डाक्टर केसीले राखेको मागको ठिक विपरित इलाम चौक बजारको लाकुरी चौतारीमा थालेका हुन् ।

गएको पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताए । नौं बुँदे माग राखेर समितिले विज्ञप्ति समेत जारी गरेको छ ।

यता, अनसनरत डा केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । रक्तचाप कमि, पसिना आउने समस्या देखिएपछि इलाम अस्पतालका स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य परीक्षण गरेका छन् ।

Loading...