अग्रज संगीतकर्मी अमरराज शर्मालाई भब्य नागरिक अभिनन्दन

भाषा र कला क्षेत्रको उत्थानमा साथ् सहयोग रहने – महर्जन बिजनेस

 पौष २७ , काठमाडौं । नेपाली तथा नेपाभाषा संगीतका अग्रज संगीतकर्मी अमरराज शर्माको भव्य सम्मान भएको छ। विहीवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोह वीच संगीतज्ञ अमरराज शर्माको सम्मान भएको हो।
बरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा सम्मान समारोहव्दारा आयोजित कार्यक्रममा संगीतकर्मी शर्मा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको हातवाट सम्मानित बनेका छन्। साथमा संगीतकर्मी शर्मालाई महर्जन कम्पलेक्सका कार्यकारी प्रमुख कृष्णलाल महर्जन कम्पलेक्सको तर्फवाट नगद २ लाख ५० हजार प्रदान गरेर थप सम्मान गर्दै महर्जनले नेपालमै पहिलो सम्पदा मैत्री ब्यबसायिक भवन निर्माण सम्पम्पन्न हुने क्रममा रहेको र नयाँ बर्ष २०७६ मा खोल्ने तैयारी रहेको बताउनु भयो । महर्जनले मौलिक सम्पदा संगै भाषा र कला क्षेत्रको उत्थानमा साथ् सहयोगमा निरन्तर रहिरहने बताउनु भयो । कार्येक्रममा सानुवावु महर्जन, सुरजवीर बज्राचार्य, दीपा महर्जन लगायतका स्रष्टाहरुले शर्मा द्वारा रचना गरिएका सांगीतिक प्रस्तुति रहेको थियो ।

Loading...