रविन्द्र अधिकारीलार्इ राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोल्न दवाव

काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा दोषी देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजीनामा गर्नुपर्ने बताएका हुन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटनमन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई राजीनामा नगराए प्रधामनन्त्री स्वयमले राजीनामा गर्नुपर्ने अबस्था आउन सक्ने उनले चेतावनी दिए ।

‘वाइडवडीमा मन्त्रीका कारण सरकारको वद्नाम भएको छ । सदन र संसदीय समितिलाई गुमराहमा राखेका मन्त्रीले राजीनामा गर्नुपर्छ, अख्तियारलाई कारवाही गर्न बाटो सहज गरिदिनुपर्छ’रायमाझीले भने, ‘मन्त्रीलाई राजीनामा नगराए भोलि प्रधामनन्त्रीले राजीनामा गर्नु पर्छ ।’

सांसद रायमाझीले नेपाल वायु सेवा निगमका जहाज मर्मतका लागि सिंगापुर पठाउनु पर्नेमा मलेसिया पठाइनु गम्भीर भएको बताए । उनले पर्यटनमन्त्रीले बारम्बार कुरा फेरेर सदनलाई गुमराहमा राख्ने काम गरेको आरोप लगाए ।

यता मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफूले कुनै गल्ती नगरेको दाबी गरेकी छन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेको खबर बाहिरिएको विषयमा राजदूत शेर्पाले मिडियाले हुँदै नभएको विषयमा समाचार लेखेर आफूलाई निकै ‘टर्चर’ दिएको बताइन् ।

राजदूत शेर्पाले आफूमाथि मानव तस्कर गरेको भन्ने आरोप झुटो भएको बताएकी छन् । राजदूत शेर्पाले आफूलो प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट नगरेको पनि दाबी गरेकी छन् । साथै उनले आफू नियमित रुपमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सम्पर्कमा रहेको बताएकी छन् ।

उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै परराष्ट्रमन्त्रालयले अनुमति दिए अगामी हप्ता पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइन् ।

उनले भनेकी छन्– मैले के अपराध गरें, न त मेरो विरुद्ध मुद्दा परेको छ ? न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पदीय अधिकार दुरुपयोग गर्यो भनेर अनुसन्धान नै गरेको छ ? कसैले कपोलकल्पित आरोप लगाएकै भरमा मेरा विरुद्ध नानाथरि कुरा गरिएका छन् ।

म राजदूत भएर गएपछि जुन २०१७ मा भान्से र चालकको रुपमा वाङ्छु शेर्पालाई मैले अष्ट्रेलिया लगेको हो । उनी छ महिना काम गरेपछि मेरो निवासबाट भागे । म न्यूजील्याण्डमा सपरिवार क्रिडेन्सियल (ओहोदाको प्रमाणपत्र) बुझाउन गएका बेला उनी अष्ट्रेलियाको मेरो निवासबाट भागेका हुन् ।

वाङ्छु शेर्पाले सेप्टेम्बरमा मलाई आरोपित गरेको हो । नेपालमा रहँदा पेन्टिङ जानेको, चिया पसल गरेर संघर्ष गरिरहेको र अन्य सिपहरु समेत भएकाले उ मेरोमा काम गर्न जान राजी भएरै लगेको हो । नेपाल सरकारले परिचारक सेवाका मानिसलाई अलग्गै तलब भत्ता दिंदैन । सामान्य चार पाँच सय डलर तलबमा काम गर्ने गरि उसलाई लगेकी हुँ । प्रोटेक्सन भिसाका लागि उसले मलाई आरोपित गरेको हुनसक्छ ।

लक्कीले चालकका रुपमा आफूसँगै अष्ट्रेलिया लगेकी वाङछु शेर्पाले दुईपटक गरी ३० लाख रुपैयाँ दिएको र उता गएपछि पनि चार वर्षसम्म महिनाको हजार डलर बुझाउने लिखित सहमति गरेको दाबी गरेका छन् । सहमतिअनुसार रकम बुझाउँदै आएको भए पनि वाङछुकी श्रीमती काठमाण्डुमा मानव तस्करी आरोपमा पक्राउ परेपछि उनले घटना बाहिर ल्याएका हुन् ।

Loading...