सिन्धुपाल्चोकपछि बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मार्दै प्रहरी

काठमाडौं, २४ पुस । धर्मका नाममा गलत धन्दा चलाएकाे अाराेप लागेका रामबहादुर वम्जनका प्रहरीले छापा मारिरहेकाे छ । यसैक्रममा प्रहरीले वम्जनकाे सिन्धुपाल्चाेककाे बाँडेगाउँस्थित अाश्रममा छापा मारेकाे प्रहरीले सिन्धुलीस्थित अाश्रममा छापा मार्ने भएकाे छ ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेककाे टाेलीले बाँडेगाउँस्थित अाश्रममा फरेन्सिक विज्ञसहितकाे टाेली लगेर अनुसन्धान गरेकाे छ । साे क्रममा बाँडेगाउँबाट केही शंकास्पद कुराहरु फेला पारेकाे छ । त्यसका अाधारमा थप अध्ययन गर्नका लागि प्रहरीले अब सिन्धुलीस्थित अाश्रममा छापामार्ने तयारी गरेकाे हाे । वम्जनकाे अाश्रममा बसेका धेरै अानी र अनुयायीहरु हराएकाे भन्दै पीडितका अाफन्तले उजुरी गरेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालयकाे संयुक्त टाेलीले यसका बारेमा अध्ययन गरिररहेकाे छ ।

अहिले वम्जन सिन्धुलीस्थित अाश्रममा बसिरहेकाे बताइएकाे छ । बम्जनको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि त्यसबारे जानकारी गराउन गृह मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लम्जुङका प्रजिअलाई उनका गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको छ। निर्देशन पाइएलगत्तै सिआइबी र सिन्धुपाल्चोक प्रहरीले बाँडेगाउँ आश्रममा छापा मारेर केही प्रमाण संकलन गरेको जनाइएको छ। बाँकी अनुसन्धानका लागि त्यहाँको प्रहरीलाई जिम्मा दिएर सिआइबी टोली भने अनुसन्धानका लागि अन्य जिल्ला खटिने बताइएको छ। प्रहरीका अनुसार सिन्धुली, मकवानपुर, बारा, सर्लाहीमा रहेका बम्जन आश्रमलाई मुख्य निगरानीमा राखिएको छ।

बम्जनविरुद्ध मकवानपुरका ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबाका परिवारले दुई युवती र एक पुरुष बेपत्ता पारिएको भन्दै खोजबिनका लागि उजुरी दिएका थिए। बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुव्र्यव्यहारमा परेको समाचार प्रकाशनपछि पीडितका आफन्तहरूले प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए। ‘सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान अघि बढाएको छ, त्यसका आधारमा अन्य आश्रममा पनि प्रहरीले निगरानी बढाएको हो,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको निरूपण जरुरी छ।’ उनका अनुसार सिन्धुली, सर्लाही, बारालगायत आश्रम रहेका जिल्लामा प्रहरीले अनुसन्धान अघि बढाइनेछ।

सिन्धुपाल्चोकमा रहेको आश्रमबाट प्रहरीले नुनका खाली प्याकेट, केही तस्बिर बरामद गरेको जनाइएको छ। त्यहाँ भेटिएका सामान र प्रहरीद्वारा संकलित वस्तु सार्वजनिक नगर्ने प्रहरीको भनाइ छ। सिआइबी स्रोतका अनुसार प्रमाणका लागि संकलित वस्तु प्राविधिक रूपमा प्रमाणित हुन बाँकी रहेकाले तत्काल सार्वजनिक नगरिने भएको हो।

Loading...