सपथ खाएको पाँच दिनमै सर्वोच्चले रेशम चौधरीलार्इ थुनामै राख्न दियो यस्तो आदेश

काठमाडौँ, २४ पुस । टिकापुर घटनाुका प्रमुख दाेषी दावी गरिएका रेश चाैधरीलार्इ सर्वाेच्च अदालतले फेरि थुनामै राख्ने फैसला गरेकाे छ ।२०७२ भदाै ७ गते कैलालीकाे टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ८ जनाको हत्या भएकाे अाराेपमा गिरफ्तार भएका चाैधरीलार्इ सर्वाेच्चले यसअघि जिल्ला अदालतले गरेकाे फैसलालार्इ नै सदर गरेकाे हाे ।

यसअघि डिल्लीबजार कारागारमा रहेका चाैधरीलार्इ सरकारले रिहा गरेर पाँच दिन अघि मात्र विजयी सांसदकाे रुपमा सपथ गराएकाे थियाे । टिकापुर घटनाका प्रमुख दाेषी भन्दै हत्याकाे अाराेप लागेका चाैधरीले भूमिगत अवस्थामै संघीय प्रतिनिधिसभामा निर्वाचित भएका थिए । निर्वाचित भए पनि उनी लगातार फरार रहेका कारण सफथ लिन सकेका थिएनन । त्यसैबीचमा उनले अदालतमा अात्मसमर्पण गरेपछि प्रहरीले पक्राउ गरी जेलमा राखेकाे थिए । डिल्लीबजार कारागारमा रहेका चाैधरीलार्इ केही दिन अघिमात्रै सर्वाेच्चले नै गरेकाे एक फैसलाका भरमा रिहा गरिएकाे थियाे । रिहा भए लगत्तै यही पुस १९ गते चाैधरीलार्इ प्रतिनिधि सभाकाे सांसदकाे रुपमा सपथ पनि गराइएकाे थियाे ।

सभामुख कृष्णबहादुर महराबाट सपथ ग्रहण गरेको पाचौँ दिनमा नै चौधरीको मुद्दाको सुनवाइ गर्दै सर्वाेच्चले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको सुनवाइ गर्दै चौधरीको मुद्दामा कैलाली जिल्ला अदालतले गरेको आदेश सदर गरेको हो। साे इजलासले चाैधरीकाे संलग्नता नरहेकाे प्रमाणले नदेखाएकाे भन्दै अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेकाे हाे। सर्वाेच्चले घटनामा पक्राउ परेकाहरूकाे बयानमा टीकापुर घटना चाैधरीकै निर्देशन अनुसार भएकाे उल्लेख गरेकाे छ।

सर्वोच्चले सई मानबहादुर बोहरासहित आठ जनाको जाहेरीमा रेशमकै निर्देशनमा घटना भएको तथ्यलाई आधार मानेको छ। यस्तै अन्य अभियुक्तहरु सुन्दरलाल कडरिया, प्रेमबहादुर चौधरी, राजकुमार कडरिया र रामप्रसाद चौधरी समेतले बयानमा रेशम समेत घटनामा संलग्न रहेको सर्वोच्चको आदेशमा उल्लेख छ। चाैधरी यसअघि सर्वसाधारणकाे रुपमा थुनामा रहेका थिए भने अब सांसदकाे सपथ खाइसकेकाे हुनाले पूर्व सांसदकाे रुपमा थुनामा रहनेछन । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । साेही चेतावनी दिएका कारण सरकारले उनलार्इ रिहा गरेर सपथ गराउने व्यवस्था मिलाएकाे थियाे । 

सर्वोच्चले सांसद चौधरीले आफू घटनाका समय घटनास्थलमा नरहेको भन्ने दाबीमा समेत प्रमाण नपुग्ने देखिएको जनाएको छ। यसअघि उच्च अदालत दीपायलले उनलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो।

Loading...