नेपाली विश्वविद्यालयमा केसम्म हुँदैन, विद्यार्थीले लेखेका उत्तरपुस्तिका नै सच्याएर पास गराइदिने पक्राउ

काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ?

यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा गर्ने मान्छे नै पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिबाट प्रहरीले यहाँ कस्ताेसम्म धन्दा हुन्छ भने धेरै सूचना बटुलेकाे छ । प्रहरीले त्याे धन्दामा लागेका दुर्इ जना व्यक्तिलार्इ पक्राउ गरेकाे दावी गरेकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार पक्राउ परेका व्यक्तिहरु उत्तरपुस्तिका नै सच्याएर विद्यार्थीहरुलार्इ पास गराउने काममा सक्रिय थिए । विद्यार्थीले लेखेकाे उत्तर गलत छ भने वा लेखेकै छैन भने त्यसकाे ठाउँमा सही उत्तर लेखिदिएर उनीहरुलार्इ पास गराइदिने धन्दा उनीहरुले चलाएकाे प्रहरी दावी छ । याे कार्यमा ठूलाे समूह क्रियाशील रहेकाे प्रहरीकाे दावी छ ।

प्रहरीले खेमराज शाही र अर्जुन भाटलार्इ पक्राउ गरेकाे छ । शाही कालिकाेटका हुन भने भाट कन्चनपुरका हुन् । शाही कीर्तिपुर नेशनल आयुर्वेद एण्ड रिसर्च सेन्टरमा विज्ञका रुपमा कार्यरत छन्। शाही र भाट दुबै जनाले पूर्वाञ्चल विश्वविधालयमा त्यस्ताे काम गरेकाे प्रहरीकाे दावी छ । प्रहरीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत व्याचलर इन पब्लिक हेल्थ (बिपिएच) चौँथो सेमेस्टरका उत्तर पुस्तिका परिक्षण गर्ने क्रममा उत्तरपुस्तिका सच्याएकाे प्रहरीले पत्ता लगाएकाे छ । उनीहरु अाफैले विद्यार्थीका उत्तरपुस्तिकामा लेखेकाे पनि भेटिएकाे छ । प्रहरीले उनीहरुले लेखेकाे उत्तरपुस्तिकाविधि विज्ञान प्रयोगशालामा परिक्षणपछि पत्ता लागेकाे हाे । त्यसवापत उनीहरुले ठूलाे रकम उठाएकाे पनि अाराेप छ ।

शाही राजधानीका केही नामी कलेजमा पढाउने गरेकाे र उनी उत्तरपुस्तिका जाँच्ने काम पनि गरिरहेकाे बुझिएकाे छ । यसपटक शाहीलाई करिब दुई सयको संख्यामा उत्तरपुस्तिका प्राप्त भएकाे थियाे । उनले पास हुन नसक्ने विधार्थीको पहिचान गरी भाटसँग सम्पर्क गरे। भाटले पास हुन नसक्ने विद्यार्थीको पहिचान गरे। अनि रकम उपलब्ध गराए पास गराइदिने आश्वासन दिए।

‘विधार्थीले पत्याउँदैनन् भनेर भाटले उत्तर पुस्तिकाको कभर नै मोबाइलमा खिचेर देखाउने गरेको पनि पाइयो। पास गराएवापत एक जनाबाट २५ हजारसम्म लिने गरेको देखिएको छ,’ अनुसन्धानमा संलग्न परिसरका एक अधिकारी भन्छन्।

प्रहरीकाे अध्ययनबाट शाहीले नै अरु मानिसहरु जाेडेकाे पनि थाहा भएकाे छ । उक्त कुरा पक्राउ परेका भाटले नै जानकारी दिएकाे प्रहरी भनाइ छ । सुरुमा भाटलाई नै सुरुमा याे केसमा अध्ययन गर्दा पक्राउ गरेको थियो। भाटले आफुलाई ती उत्तरपुस्तिका शाहीले नै उपलब्ध गराएको बताएपछि प्रहरीले शाहीलार्इ पक्राउ गरेकाे हाे । परिसरले पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ।

प्रारम्भिक अनुसन्धानमा शाही र भाटले गत वर्ष पनि यसरी उत्तरपुस्तिका सच्याएर परिक्षार्थीलाई पास गराउने गरेको खुलेको छ। आफुले पढाउने कलेजकै उत्तर पुस्तिका समेत शाहीको हातमा आई पुगेको र विधार्थीले नआएका प्रश्नका जवाफ त्यत्तिकै छाडेकाले गिरोहको सम्बन्ध विश्वविधालयको उच्चस्तरसम्म हुन सक्ने प्रहरीको आशंका छ।

‘विधार्थीले उत्तर नलेखेका प्रश्नको जवाफ यसरी गिरोहले लेखेर पास गरिदिने गरेको पाइयो, हामीले विधि विज्ञान प्रयोग शालामा परिक्षण गर्दा दुइ जनाले लेखेको पाइयो,’ परिसरका एक अधिकारी भन्छन्। प्रहरीले विधार्थीलाई पक्राउ गरेको छैन। ‘अब बाँकी काम अख्तियारको जिम्मा लगाएका छौँ,’ परिसरका अधिकारी भन्छन्।

पक्राउ परेका शाही र भाटकाे भनार्इ भने अहिलेसम्म बाहिर अाउन सकेकाे छैन । 

Loading...