अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मालाइ नागरिक सम्मान हुने

       काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने भएको हो।

वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागि नागरिक स्तरका सामाजिक संघसंस्था, व्यक्तिहरुको नाम धमाधम संकलन भइरहेको समारोह समितिका संयोजक बिराजकाजी शर्मा राजेपाध्यायले बताउनु भएको छ ।

कार्यक्रममा वरिष्ठ संगीत स्रष्टालाई प्रदान गरिने सम्मान पत्रमा सहयोगी संस्था वा व्यक्तिहरुको नाम पनि समावेश हुने सह– संयोजक राजोपाध्यायको भनाई रहेको छ। पुस २६ गते वरिष्ठ संगीत स्रष्टा अमरराज शर्माको वृहत सम्मानको साथमा अमरराज शर्माको एकल साँझ पनि हुन लागेको हो।

कार्यक्रम नजिकिएसँगै गायक संगीतकार अमरराज पनि आफ्नो प्रस्तुतिको अभ्यासमा व्यापक रुपमा जुटेका छन् । कार्यक्रममा अमरराज शर्माले प्रगतिशील गीतको साथमा सामाजिक सन्देशमूलक गीत र प्रेमगीतहरु पनि प्रस्तुत गर्ने भएको छ।

कार्यक्रममा गायक तथा संगीतकार शर्माको प्रस्तुतिको साथमा शर्माकै संगीतका लोकप्रिय गीतहरु अन्य गायक गायिकाबाट पनि प्रस्तुत हुने भएको छ। कार्यक्रममा गायक धनबहादुर गोपाली, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, पवित्र कसाः, सुरजबीर बज्राचार्य, सुरज व्यन्जनकार लगायतले वरिष्ठ संगीत स्रष्टा शर्माको गीत प्रस्तुत गर्नेछन् ।

त्यसको अलावा गायक अन्जन श्रेष्ठ र र्यापर पंकज राजोपाध्यायले अमरराजको सम्मानमा विशेष सांगितीक प्रस्तुति दिने पनि भएको छ। वरिष्ठ संगीत स्रष्टा शर्माको संगीतमा संजीप प्रधानको भोलि फेरी सल्लाघारीमा, अथवा जिन्दगी कस्तो कस्तो, सरोज दत्तको झमक्क साँझ पर्दाको साथै नेपालभाषाका गीतहरुमा प्रचण्ड राजोपाध्यायको गबलें गबलें, भुपेन्द्र बज्राचार्यको ल्वसा, सुरजबीर बज्राचार्यको जि यःम्ह, आनन्द कार्कीको निभाः लुइवं, मिलन अमात्यको गबलें कविता पनि लोकप्रिय रहेका छन् ।

कार्यक्रमका लागि टिकट वितरण पनि शुरु भइसकेको छ। रु ५०० र रु ३०० दरका टिकट उपलब्ध रहेको समिति सदस्य रक्षण राजोपाध्यायले बताउनुभयो । फोन र सामाजिक संजालमार्फत टिकटको बुकिङ लिँदै घरघरमै टिकट पुर्याउने गरेको सदस्य रक्षण राजोपाध्यायले बताए। कार्यक्रमलाई महर्जन कम्प्लेक्स, महर्जन विजनेस एसोसिएट्स, न्यूरोडले प्रायोजन गरेको छ।

Loading...