बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ

सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे भन्दै उनका अाफन्तले प्रहरीमा उजुरी गरेपछि चाैतर्फी उनीमाथि छानविन गर्न दवाव परेकाे थियाे ।

प्रहरीले सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेकाे बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको टोली परिचालन गरेकाे छ । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट आश्रममा खानतलासी गर्न बिहीबार अनुमति मिलेपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो । बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । काठमाडौंबाट खटिएको सिआइबीकाे टाेलीले जिल्ला प्रहरी कार्यालयकाे सहयाेगमा छापा मारे पनि त्यहाँ के के भेटियाे भन्ने प्रहरीले सार्वजनिक गरेकाे छैन । बम्जनले सर्लाही, बारा, सिन्धुली र सिन्धुपाल्चाेक गरी चार ठाउँमा ठूलाे जंगल र जमिन कब्जा गरी अाश्रम बनाएका छन् ।

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन् । सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले आश्रम अहिले प्रहरीकै नियन्त्रण रहेको समेत जानकारी दिए । अनुसन्धान पूरा नभएसम्म प्रहरीले आश्रमलाई आफ्नो नियन्त्रणमै राख्ने जानकारी पनि उनले दिएका छन ।

बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म यही आश्रम बसेका थिए । उनको त्यहीँ आश्रममा हत्या गरी गाडिएको बताइन्छ । त्यही सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बमजनका अर्का अनुयायी सुरेश आले, आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको बताइन्छ । उनीहरुका अाफन्तले दिएकाे उजुरीमा पनि त्यही कुरा उल्लेख गरेकाे बताइन्छ । बमजनले ती अनुयायीहरुलाई यातना दिन लगाउँदा ज्यान गएको बताइएको छ । प्रहरीले यातनाका क्रममा ज्यान गुमाएका सञ्चलाललाई गाडिएको स्थान पत्ता लगाएर शव उत्खननका लागि फरेन्सिक विज्ञ पनि लिएर गएको हो ।

सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।

यसअघि बमजनकै अनुयायी भएर काम गरेकी गंगामाया नाम गरेकी अानीले काठमाडाैमा पत्रकार सम्मेलन गरेर बम्जनले अाफूलार्इ बलात्कार गरेकाे कुरा सार्वजनिक गरेकी थिइन । उनले बमजनले थुप्रै अानी अनुयायीहरुमाथि याैन दुर्व्यवहार गर्दै अाएकाे दावी गरेकी थिइन ।

तर, वमजनकाे संरक्षण र सहयाेगका लागि खाेलिएकाे बोधी श्रवण धर्म संघले भने उनीमाथि लागेकाे अाराेपकाे खण्डन गर्दै अाएकाे छ । याे संघका संस्थापक अध्यक्ष मणी लामा, संघका केन्द्रीय सदस्य भूमिनन्द देवकाेटा, कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डिराज बम्जन लगायतका व्यक्तिहरु उनकाे बचाउ गर्दै अाएका छन् । उनीहरु यी अाराेप विल्कुलै निराधार रहेकाे बताउँदै अाश्रममा लाखाै मान्छेहरु अाउने भएकाेले काे मान्छे कता हरायाे भन्ने बमजनलार्इ थाहा नहुने बताउछन ।

Loading...