चन्द्रमाको कसैले पठाउने नसकेको क्षेत्रमा चिनले पठायो आफ्नो अन्तरिक्ष यान, सबै चकित

काठमाडाैं । चन्द्रमाकाे अहिलेसम्म कसैले नपठाएकाे क्षेत्रमा चिनले अाफ्नाे अन्तरिक्ष यान पठाएर नयाँ रेकर्ड कायम गरेकाे छ ।

चन्द्रमाकाे सबैभन्दा परको क्षेत्रमा चिनले पठाएकाे रोबोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेकाे छ । चिनले चाँग ४ नाम दिएकाे उक्त अन्तरिक्ष यान दक्षिण ध्रुव एटकेन बसिनमा अवतरण गरेको बताइएको छ। सो क्षेत्रमा पृथ्वीबाट कहिले पनि देखिदैन्।

उक्त यानले त्यहाँबाट अर्काे यानमा तस्विर पठाउने र अर्काे यानले पृथ्वीमा पठाउने बताइएकाे छ । अहिलेसम्म चन्द्रमामा जति अवतरण गरिएको थियो। ती सबै पृथ्वीबाट देखिने स्थानमा मात्रै थियो। अहिलेसम्म जान नसकेको स्थानमा यो अवतरण भएको हो।

चन्द्रमाकाे त्यस क्षेत्रमा त्यहाँकाे भौगोलिक अवस्थितका विशेषताहरु साथसाथै जैविक अनुसन्धान गर्ने उपकरणहरु रहेको बताइएको छ। चिनियाँ सञ्चार माध्यमहरुले यसलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा प्राप्त गरेको जनाएको छ।

सो यानले त्यस क्षेत्रमा केही तस्वीर पनि पठाएको छ। पृथ्वीसँग प्रत्यक्ष रुपमा सञ्चारका संभावना नभएको स्थानमा सो स्थानबाट अर्को भू उपग्रहमा डेटा पठाएरपछि पृथ्वीमा ल्याएको हो।

पछिल्लो केही दिन पहिलेदेखि चाँग ४ अवतरणको तयारीमा नजिकैबाट चन्द्रको परिक्रममा गर्दै आएको थियो। सप्तान्हमा चन्द्रबाट १५ किलोमिटरका दुरीमा घुम्दै आएको थियो। चीनले अवतरणको सफलता प्राप्त गरेको समाचारअघि निकै थोरै मात्रै समाचारहरु सार्वजनिक गरेको थियो।

सन् २००३ मा पहिलो पटक अन्तरिक्ष यात्री पठाएको चीनले पछिल्लो समयमा अन्तरिक्ष अभियानलाई तीव्र पारेको छ। अमेरिका र सोभियत संघपछि बाह्य सहयोग नलिएर अन्तरिक्षयात्री पठाउने चीन तेस्रो देश हो।

यसअघि पठाएको चाँग ३ अन्तरिक्ष यानले सन् २०१३ पृथ्वी नजिकै पर्ने क्षेत्रमा अवतरण भएको थियो। बिहीबारका अवतरणपछि चीनको अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा चीन विश्वकै उच्च श्रेणीमा पुगेको बताइएको छ। मकाउ विज्ञा तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक झु मेङहुआले अमेरिकाहरुको कोसिस गर्ने साहस गरेको चिनियाहरुले गरेको न्युयोर्क टाइम्सलाई बताएका छन्। एजेन्सी

Loading...