फेरि घट्यो इन्धनको मुल्य, यस्तो छ नयाँ मुल्य सूची

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

Loading...