प्रधानमन्त्री ओलीका बोली आफैलार्इ घाँडो बन्दै, संसदमा प्रमले ढाँटेको भन्दै यसरी उडाए सांसदले

काठमाडौँ, १७ पुस । समय बित्दै जाँदा प्रधानमन्त्री अाेलीलार्इ अरुले लगाएका अाराेप भन्दा अाफ्नै बाेली भारी हुन थालेकाे छ । प्रधानमन्त्री भए लगत्तैदेखि अाफूले विकासका लर्काे नै लाउने भाषण दिएर चर्चा र हाइहार्इ पाएका प्रधानमन्त्री केपी शर्मा अाेली अहिले पनि ती भाषण दन्काउन छाडेका छैनन । तर, उनले भनेका केही पनि कुरा व्यवहारमा देखिएका छैनन । त्यसैले पछिल्लाे समय धेरैले उनीलार्इ ‘गफ मात्र लडाउने’ प्रधानमन्त्रीकाे संज्ञा दिने गरेका छन् ।

यसैबीच याे कुरा संसदमै उठेकाे छ । संसदकाे हिउदे अधिवेशन सुरु भए लगत्तैदेखि सांसदहरुले प्रधानमन्त्रीमाथि ब्यङ्ग्यात्मक प्रहार गर्न सुरु गरेका छन् । साेही क्रममा मंगलबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलार्इ काठमाडाैदेखि कलकत्ता पुग्ने रेलकाे टिकट कहाँ पाइन्छ भनेर प्रश्न गरेका छन् । सांसद सुवालले त्याे रेल अहिले कता चलिरहेकाे छ भन्ने प्रश्न पनि साे क्रममा गरे । केही ब्यङ्ग्यात्मक प्रश्न गरेपछि सांसद सुवालले नत्र राजिनामा दिन प्रधानमन्त्रीलार्इ राजिनामा दिन नै माग गरे ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता सुवालले गत असार १४ गते पुस १६ गतेदेखि पानी जहाज कलकत्ता पुग्ने भन्दै प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै भनेकाे स्मरण गराए । सांसद सुवालले भने, ” त्याे पानी जहाज कहाँ चल्न सुरु गरेकाे छ ? प्रधानमन्त्रीले पुस १६ गतेदेखि पानी जहाज चल्ने भन्नुभएको थियो। स्पष्ट पार्न पर्‍यो।’

प्रधानमन्त्री ओलीले गत असारमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पुसदेखि नेपालबाट पानी जहाज चढेर काेलकत्ताकाे यात्रा गर्न निम्तोसमेत दिएका थिए।

प्रधानमन्त्री ओलीले रेलको कुरा गर्दा खेलौना देखाएको र जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाएको प्रसंग उल्लेख गर्दै भनेका थिए, ‘हेर्दा हेर्दै हनुमाननगरबाट रेल चल्छ। यो २०१८ हो, २०१९को सुरुमै जहाज चल्छ। पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ। सबैलाई निम्तो छ।’

यस्तै शुन्य समयका बोल्दै दिव्यमणी राजभण्डारीले अपर तामाकोशीको निर्माण कार्य ढिला हुन लागेको सजग गराउँदै सम्बन्धित निकायले यसबारे बेलैमा सोचेर कुन तरिकाले काम चाँडै सक्ने हो र विदेशी ठेकदारलाई हटाएर नयाँ ठेकदारलाई कसरी काम लगाउने हो संसदमा जानकारी दिनुपर्ने माग गरे।

शुन्य समययमा बोल्दै सांसद पार्वती विशंखेले गत पुस ९ गते कालीकोटको विकट पलाता १ स्थित खाँडा गाउँको ८७ घर धुरी जलेको र उनीहरुलाई केन्द्रीय सरकाले सहयोग नगरेकोप्रति ध्यानाकर्षण गराइन्। अग्नी पीडीतलाई प्रदेश सरकार र केही गैर सरकारी संस्थाले सहयोग गरेको बताउँदै भनिन्, ‘आगोबाट पीडित भएका परिवार खाना, नाना र छाना नपाएर प्रभावित भएका छन्। केन्द्रीय सरकारले पनि पीडितलाई खाना, नाना र छानाको लागि व्यवस्था गर्न पर्‍यो।’

Loading...