पलाता अग्निपीडितलार्इ घटनास्थलमै गएर संकलित राहत सामाग्री दिए कालिकोटे युवाहरुले

काठमाडाैं । कालिकाेटकाे पलाता खाडागाउँका अग्निपीडितलार्इ काठमाडाैमा संकलन गरिएकाे राहत घटनास्थलमा गएर हस्तान्तरण गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा बसाेवास गर्दै अाएका युवाहरुकाे नेतृत्वमा संकलन गरिएकाे थियाे । साेही संकलित सामाग्रीहरु अग्निपीडितहरुलार्इ जलेकै गाउँमा गएर युवाहरुकाे एक टाेलीले हस्तान्तरण गरेकाे हाे ।

टाेलीले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री एकमुष्ट हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाले त्याे सामानलार्इ पीडितहरुलार्इ प्रदान गर्ने बताइएकाे छ । टाेलीले काठमाडाैबाट २४ बोरा लुगा कपडा सहितकाे सामान लिएकाे थियाे । पलाता गाउँपालिकाका अध्यक्ष बमले सहयाेग संकलन गरी कालिकाेट पुर्याएकाेमा धन्यवाद दिँदै उक्त सामाग्री सबैकाे अावश्यकता र प्रकृति अनुसार वितरण गरिने बताए ।

सहयाेग स‌कलनका क्रममा काठमाडौमा बसिरहेका कालिकाेटका विद्यार्थी, व्यवसायी, पत्रकार, राजनीतिक नेता कार्यकर्ताको समेत उपस्थिति रहेको बताइएकाे छ ।
काठमाडौमा बसोबास गरिरहेका कालिकोटका युवाहरुले आगलागी भएकै दिन पौष ९ गते मध्याह्नबाट काठमाडौमा राहत संकलन अभियान सञ्चालन गरेका थिए । पीडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले अभियानबाट संकलित सामग्रीसहित उनीहरु घटनास्थल पुगेका हुन । टाेलीमा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तिलकप्रसाद उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य यसुदा बरालसहित सामाजिक अभियन्ता दिपक डोटेल, कपिल सुवेदी, जगदीश न्यौपाने र नयाँराम चौलागाईं रहेका छन् । उनीहरु राहत सामग्री लिएर कालिकोटको पलाता गाउँपालिकामा पुगेका हुन् ।

पौष ९ गते मध्यरातबाट सुरु भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।

Loading...