बेरोजगारका लागि सुनौलो अवसर, एनआइसी एशिया बैंकमा खुल्यो ६ सय जनाका लागि रोजगार अवसर

काठमाडाैँ, १५ पुस । राेजगारीका लागि अवसर खाेजिरहेकाहरुका लागि एनअाइसी एशिया बैंकले ठूलाे माैका दिएकाे छ । बैंकले ६ सय जनाका लागि राेजगारी सिर्जना गरेकाे छ ।

बैंकले अाइतबार एकैसाथ ६ सय जना कर्मचारी माग गरेको छ। अाइतबार सूचना जारी गर्दै बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी आवेदन माग गरेको छ ।

बैंकले विभिन्न पदका लागि नयाँ आवेदन मागेकाे छ । जसअनुसार बिजनेश भर्टिकल, सपोर्ट सर्भिस भर्टिकल, कन्ट्रोल भर्टिकल र चार्टर्ड एकाउन्टेन्ट पदमा एक-एक सय जना कर्मचारी माग गरेको हो।

त्यसैगरी यसैगरी हस्पिटालिटी सर्भिसतर्फ पनि २ सय जना कर्मचारी माग गरेको छ । यी सबै पदमा आगामी फेब्रुअरी १ सम्म अनलाइन मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ।

राेजगारीका लागि अावेदन दिन यहाँ क्लिक गर्नुहाेस्

 

Loading...