रमेश विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय उद्घाटन

काठमाडौँ, १४ पुस । साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन गरियो ।

प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेकोमा जोड दिए ।

“साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण, समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको कदर गर्दै साहित्यिक प्रतिभा जारी रहनेछ”, उनले भने ।

सांसद कृष्ण राईले विकल जनताको साहित्यकार बन्न सफल भएको स्मरण गरे । पूर्वमन्त्री अम्बिका बस्नेतले साहित्यिक प्रतिभाको खोजीमा सरकार सक्रिय हुनुपर्ने विचार राखे ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विकलले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकासप्रेमी साहित्यकार विकल उपत्यकाको पूर्वोत्तर भेगको मात्र नभई देशकै नक्षेत्र भएको सुनाए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र वरिष्ठ पत्रकार विजय चालिसेलगायतका व्यक्तित्वले उनले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे ।

सो अवसरमा विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरियो । कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन ।

यसैगरी हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गरियो । वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ दिइएको थियो ।

सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिएको थियो ।

प्रतिष्ठान कार्यसमितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रह्लाद पोखे्रल र सीता भट्टराई सदस्य रहेको सिफारिश समितिको सिफारिशका आधारमा पुरस्कार प्रदान गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिष्ठान भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुख्र्यौली थलोमा निर्माण भएको हो । भवन निर्माणसहित आन्तरिक साज सज्जाको काममा रु एक करोड ४८ लाख ५० हजार खर्च भएको प्रतिष्ठानले जनाएको छ । भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी रु ७० लाख सहयोग प्राप्त भएको थियो ।

राष्ट्रिय योजना आयोगबाट रु पाँच लाख, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु ४० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाबाट रु १८ लाख, दाता प्रभात लामा र गोपाल दङ्गालबाट एकमुष्ट रु १५ लाख तथा प्रतिष्ठानका महासचिव चालिसेबाट पनि रु ५० हजार प्राप्त भएको थियो ।

कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिएका विकलको चित्रकला र सङ्गीतमा पनि विशेष रुचि थियो । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘आज फेरि तन्ना फेरिन्छ’ जस्ता कालजयी रचनाका स्रष्टा विकल लेखनसँगै सम्पादनमा पनि सक्रिय थिए ।

भवन निर्माणमा विशेष सहयोग गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसे र प्रमुख सल्लाहकार दीपक रिसाललाई सो अवसरमा सम्मान गरिएको थियो ।

Loading...