एकाविहानै बालाजुमा ट्रिपरले किचेर सडक छेउमा चिया बेच्ने श्रीमानको मृत्यु श्रीमती घाइते

काठमाडौं, १३ पुस । बालाजुकाे बाइपासमा एकाबिहानै ट्रिपरले सडक छेउमा चिया बेचेर बस्ने बृद्धकाे ज्यान लिएकाे छ । तीब्र गतिमा अाएकाे ट्रिपर अनियन्त्रित हुँदै अाएर चिया बेचिरहेका दम्पतिमाथि पल्टिएपछि ५८ वर्षीय दलबहादुर विसंखेकाे मृत्यु भएकाे छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन ।

ना७ख ७००५ नंको ट्रिपर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेका बेला यसरी ज्यान लिएकाे हाे । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्रिपर सुरुमा ट्याक्सीमा ठाेक्किएर अनियन्त्रित भइ सडक छेउमा रहेकाे चिया पसलमाथि पल्टिएकाे थियाे । ट्रिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हाे ।

महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनले माटो बोकेर हिँडेको टिपरले थिचेर श्रीमानकाे मृत्यु भएकाे र श्रीमतीलार्इ उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जानकारी दिए ।

ट्रकले थिचेर घाइते भएकी श्रीमती श्रीमती बिसंखेकाे बायाँ खुट्टा किचिएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...