नयाँ बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने : प्रधानमन्त्री ओली (फोटो फिचर)

 

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा भएको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आयोजित कार्यक्रममा बाेल्दै प्रम अाेलीले साे कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास पुनर्निर्माणको एउटा अङ्ग भएको बताउँदै सरकार विकास निर्माणको तीव्र अभियानमा जुटेको दावी गरे ।

 

शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर बादल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, राष्ट्रय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थित रहेको थियो।

 
भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए। नयाँ बन्ने धरहरा हेर्दा नौ तले देखिने भए पनि प्राविधिक तथा भित्रि बनावट २१ तलाको हुनेछ। भूमिगत तल्लाबाट धरहराको टुप्पोमा पुग्न अत्याधुनिक चढ्न र झर्न भिनाभिनै लिफ्ट रहने गरी डिजाइन गरिएकाे छ।

सरकारले पुरानै शैली झल्किने गरी आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो। धरहरा २०७२ वैशाख १२ गतेको माहाभूकम्पबाट भत्केको थियो।  

फोटो – बुद्ध शरण शाही

Loading...