बोल्टले १५ बलमा ४ रन दिएर ६ विकेट लिए

काठमाडाैं । श्रीलंकासँगको जारी तेस्ट क्रिकेटमा न्युजिल्याण्डका ट्रेन्ट बोल्टले शानदार प्रदर्शन गरेका छन् । क्राइस्टचर्चमा भइरहेको टेस्ट क्रिकेटमा तीव्र गतिका बलर बोल्टले १५ बलमा ६ विकेट लिएर सबैलाई चकित पारेका छन् । उनले १५ बलमा मात्रै चार रन दिए ।

श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेट अन्तर्गत बिहीबार आफ्नो शानदार लेट स्वीङ्ग मार्फत कीर्तिमानी प्रदर्शन गरेका हुन् । उनले एउटा ओभरमा रन नै नदिइ तीन विकेट लिएका थिए । बोल्टले रोशन सिल्वा, निरोशन डिकवेला, दिलरुवान परेरा, सुरंगा लकमल, दुश्मन्त चमीरा र लाहिरु कुमारलाई आउट गराएका हुन् ।

बोल्टले पहिलो पारीमा कुल १५ ओभर बलिङ्ग गरे, जसमा उनले ८ मेडन राख्दै ३० रन दिएर ६ विकेट लिए । श्रीलंका पहिलो पारीमा १०४ रन बनाउँदा अलआउट भयो । न्युजिल्याण्डले पहिलो पारीमा १७८ रन बनायो ।

Loading...