विप्लव र प्रचण्ड मिलेर हलियाबाट घुस खाने मालपोतका हाकिममाथि यस्तो कारवाही

दिपायल, १० साउन । माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा मुक्त हलियाबाट कमिसन खाने मालपोतका प्रमुखलाई कालोमोसो दलेका छन् ।
जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो दुर्इ पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् ।

जोशीले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान आएको भन्दै मुक्त हलियाले कार्यालयको गेटमा ताला लगाएर धर्नामा बसेका छन् । हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो, जोशीले रकम फ्रिज गर्न लागेकोले जनकारवाही स्वरुप कालोमोसो दलेको नेकपा डोटीले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका निकट राष्ट्रिय युवा जन स्वयंसेवकका जिल्ला सह ईन्चार्ज मोहन कठायत र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य डबल सिंहको नेतृत्वमा गएको टोलीले कालोमोसो दलेको बताइएकाे छ ।

Loading...