जनयुद्धकालीन गम्भीर घाइतेहरुलाई विदेशमा उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति

काठमाडौँ, ९ पुस । जनयुद्धकालका गम्भीर घाइतेहरुलार्इ अावश्यकताका अाधारमा विदेशमा समेत उपचार गर्न गृहमन्त्रालय तयार भएकाे छ । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग याेद्धाहरुसँग मंगलबार गृहमन्त्रालयले उक्त सहमति जनाएकाे छ । गृहकाे उक्त सहमतिपछि घाइतेहरुले अनसन ताेडेका छन् । 

छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो । छलफलमा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई आजै रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते अपाङ्गको उपचार तत्कालै शुरु गर्ने र नेपाल मेडिकल बोर्डले बाहिर लगेर उपचार गर्न सिफारिस गरेकालाई उपचारका लागि पहल गर्ने सहमति भएको छ ।

४ बुँदे सहमति पत्रकाेे बुँदा नम्बर २ मा जनयुद्धका गम्भीर घाइतेहरुलार्इ विदेशमा उपचार गर्न सकिने कुरा उल्लेख छ । साे बुँदामा भनिएकाे छ, ”नेपाल मेडिकल बाेर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपाङ्गलार्इ तत्काल उपचारका लागि पहल गर्ने ।”

यस्तै उनीहरूको अनसन र उपचारको क्रममा लागेको खर्च सरकारले बेहोर्ने, उनीहरूका अन्य मागका सम्बन्धमा सरकारलाई सिफारिस गर्न गृहमन्त्रालय जनक्रान्तिका घाइते अपाङ्ग योद्धा सङ्घका प्रतिनिधि र कानून विज्ञ सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएको गृहमन्त्रालयले जनाएको छ ।

कार्यदललाई प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको छ । छलफलमा गृहमन्त्रालयका तर्फबाट सहसचिव ईन्दु घिमिरे र अनसनरत पक्षका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक र पार्वती पुन सहभागी थिए । सहमतिअनुसार प्रहरीले सामाजिक हितविरुद्धको मुद्धामा पक्राउ गरी हिरासतमा राखेका घाइते याेद्धा युवराज विकलाई अाजै रिहा गरेकाे छ । 

यस्ताे छ अनसनरत घाइते याेद्धाहरु र गृहमन्त्रालयबीच भएकाे सहमति

Loading...