पलाता अग्निपिडितका लागि राहत संकलनमा जुटे कालिकोटे युवाहरू

काठमाडाैं, ९ पुस । कर्णाली प्रदेशकाे दुर्गम कालिकोट जिल्लाको पलाताका अागलागी पीडितका लागि काठमाडाैंमा राहत संकलन सुरु गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा विभिन्न पेशा व्यवसाय गरेर बसेका युवाहरुले याे अभियान सुरु गरेका हुन् ।

कालिकाेटकाे पलाता गाउँपालिका वार्ड नं १ खाडागाउँमा साेमबार राती अागलागी भएर गाउँ नै सखाप भएकाे छ । अागलागीबाट घर सम्पति सबै जलेर नष्ट भइ विचल्लीमा परेका खाडावासीका लागि सहयाेग गर्न युवाहरुकाे अभियानले सबैलार्इ अाग्रह गरेकाे छ ।

पिडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले याे अभियान सुरु गरिएको अभियानमा जुटेका युवाहरुले जानकारी दिएका छन् । काठमाडौको महाबौद्ध क्षेत्रबाट सुरु गरिएको अभियान राजधानीमा थप राहत सामग्री संकलन गरेर कालिकोट पठाउनेबताइएकाे छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तिलकप्रसाद उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही लगायत युवाहरुको अगुवाइमा राहत संकलन सुरु गरिएको हो ।

राहत संकलन अभियानमा काठमाडौमा बसिरहेका विद्यार्थी, व्यवसायी, पत्रकार, राजनीतिक नेताकार्यकर्ताको उपस्थिति रहेको छ । यसुदा बराल, मनराज सिमखाडा, बिरेन्द्र बिस्ट, प्रकाश शाही, दिपकराज सञ्ज्याल, हेमराज बराल, कपिल सुबेदी, सुरेश शाही, लक्ष्मण सुबेदी, पंन्चकुमार सुबेदी, टंकप्रसाद सुबेदी, मेगिन्द्र जैसी, गोकर्ण जैसी, कुल सञ्ज्याल लगायत युवाहरु राहत सामग्री संकलनमा जुटिरहेका छन् ।

मध्यरातबाट सुरु भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेका छन् भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।

 

याे पनि हेर्नुहाेस्

कालिकोटमा भीषण आगलागी, पलाताको एक गाउँ पूरै जलेर नष्ट

 
Loading...