रिजल्टमा चित्त नबुझे विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका जचाउँन पाउने

काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् ।

बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने व्यवस्था गरेकाे छ । उत्तरपुस्तिका पुन: जाँच गर्ने बाेर्डकाे प्रस्तावलार्इ नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पुस ३ गते निर्णय गरिसकेकाे छ । शिक्षा मन्त्रालयले उत्तरपुस्तिका पुनःपरीक्षण निर्देशिका, २०७५ पनि ल्याइसकेकाे छ । साेही निर्देशिका पारित भएपछि बाेर्डले यस्ताे सुविधा विद्यार्थीका लागि दिने भएकाे हाे ।

उत्तरपुस्तिका पुनरपरिक्षण गराउनका लागि विद्यार्थीले त्यसअघि पुनर्याेग गराउनु पर्नेछ । त्यसपछि मात्र उत्तरपुस्तिका पुनः परिक्षणको निवेदन दिन सकिने बाेर्डले जनाएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल यही पटक नै याे सुविधा विद्यार्थीले पाउने बताउँछन । त्यसका लागि पुस ४ गतेदेखि नै देशभरिका प्रदेश र शाखा कार्यलयहरुमा कक्षा ११ को उत्तरपुस्तिका पुनःपरिक्षण निर्देशिका कार्यन्वयनको लागि निर्देशन जारी गरिसकेको अध्यक्ष पाैडेलले जानकारी दिए ।

पाैडेलले याे व्यवस्था लागु भएपछि परीक्षाकाे पारदर्शिता अाउने दावी गरे । साथै यसले उत्तरपुस्तिका परीक्षकहरुलाई थप संवेदनशील बनाउने र उत्तरपुस्तिकाकाे जाँच राम्राेसँग हुने उनकाे विश्वास छ ।

उत्तरपुस्तिका पुनर्परिक्षण गराउन चाहने विद्यार्थीले एउटा विषयकाे २ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । साे शुल्कसहित बोर्डका सम्बन्धित प्रदेश परीक्षा कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनुपर्ने ब्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ।

उत्तरपुस्तिका पुन: परिक्षण गराउन तीन विज्ञहरुको छुट्टै समुह गठन गर्ने पाैडेल बताउँछन । विज्ञहरुकाे साे टिमले विद्यार्थीलाई सामुन्ने राखि उत्तरपुस्तिकामा दिएका नम्बरहरुलाई पुनः परीक्षण गराउनेछन ।

यदि जाँचकले नम्बर दिन त्रुटि गरेकाे पाइएमा त्यसकाे सट्टामा विज्ञकाे टाेलीले फेरि नम्बर दिन सक्नेछ । बाेर्डले याे व्यवस्था यस वर्ष कक्षा ११ का लागि मात्र लागु हुने जनाएकाे छ । अर्काे वर्षदेखि कक्षा १२ को हकमा पनि कार्यन्वयन गरिने अध्यक्ष पाैडेलले जानकारी दिए ।

Loading...