गुडिरहेको मिनीट्रकबाट खस्दा एकको मृत्यु

भक्तपुर, ७ पुस । गुडिरहेको मिनीट्रकबाट खसेर आज सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले बताए । 

टिपर दुर्घटनामा चालकको मृत्यु

इच्छाकामना गाउँपालिका–४ मा आज साँझ टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ना७ख ४६५८ नंको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो ।

टिपर सडकबाट टिपर ३०० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो । टिपर दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...