दोस्रो नेपाल आइडल बनेका रवि ओडको म्यादी प्रहरीदेखि आइडलसम्मको संघर्षशील यात्रा

काठमाडाैं । शुक्रबार ललितपुरमा सम्पन्न भएकाे नेपाल अाइडल सिजन २ काे फाइनल प्रतिस्पर्धाबाट विजेता बनेका रवि अाेडकाे जीवन निकै राेचक र संघर्षमय छ । देउडा संस्कृतिकाे ठूलाे प्रभाव रहेकाे सुदूरपश्चिमबाट नेपाल अाइडलकाे प्रतिस्पर्धामा फरक बनाउन सफल भएका रवि कन्चनपुरकाे एक गरिव दलित परिवारमा जन्मेका हुन् । 

नेपाल अाइडलमा लाेक प्याटर्नमा उत्कृष्ट प्रस्तुति दिएका रवि अाधुनिक गीतमा पनि त्यतिकै जमे । प्रतिस्पर्धाका क्रममा पर्व विदामा गृहक्षेत्रमा जाँदा निकै हाैसला र सम्मान पाएका रविकाे त्यतिबेलादेखि नै निकै चर्चा थियाे । त्यहीबेला सञ्चारमाध्यममा उनकाे घर र परिवारकाे अार्थिक अवस्था र उनकाे संघर्षबारे प्रशारित समाचारले मानिसहरुलार्इ निकै तानेकाे थियाे । 

साे क्रममा एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल नै बनेकाे थियो । म्यादी प्रहरीकाे पाेशाकमा रहेकाे त्याे तस्बिर रविकै थियाे ।  कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका हुन । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।

उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।

गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुर्इ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलार्इ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।

नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलार्इ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलार्इ सर्वोत्कृष्ट गायक सावित गरे ।

उनले आफ्नो क्षेत्रक देउडा गीतलाई नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलार्इ बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’ भन्ने नेपाली भनाइलार्इ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।

रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलार्इ जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलार्इ जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलार्इ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए ।

Loading...