सुदूरपश्चिमका रवि ओड बने नेपाल आर्इडल सिजन-२ को विजेता

काठमाडौं, ६ पुस । नेपालकाे चर्चित रियालिटी शाे नेपाल अाइडल सिजन २ काे विजेता सुदूरपश्चिमका रवि अाेड बनेका छन् । काठमाडाैंकाे पुल्चाेक इन्जिनियरिङ क्याम्पस परिसरमा भएकाे फाइनलमा रवि अाेड सबैभन्दा बढी भाेट पाएर विजेता बनेका हुन् ।

नेपाल आइडल सिजन-२ को विजेता बनेका रवि ओडले हाेन्डा डब्लुअारबी गाडी, नगद २२ लाख र गोल्डेन माइक प्राप्त गरेका छन् । रवि अाधुनिक गायन क्षेत्रमा कमै मात्र उपस्थिति बनाएकाे सुदूरपश्चिमकाे कन्चनपुरका हुन् । सुदूरपश्चिमकाे गरिव परिवारमा जन्मेका रवि विजेता बन्दा पाेखराका बिक्रम बराल भने फस्ट रनर अप भएका छन् । िबक्रमले २० लाखको चेक पाएका छन् ।

त्यसैगरी नेपाल अाइडल सिजन टु काे सेकेण्ड रनरअप झापाका सुमित पाठक भएका छन भने झापाकै अस्मिता अधिकारी थर्ड रनर अप भएकी छिन । पहिलाेपटक थर्ड रनरअपकाे पनि घाेषणा गरिएकाे हाे र अस्मिता पहिलाे पटक फाइनलमा पुग्ने नारी प्रतियाेगी बनेकी छन्। सेकेन्ड रनरअप बनेका सुमितले सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए भने थर्ड रनरअप बनेकी अस्मिता अधिकारीले होन्डाको स्कुटर पाइन ।

फाइनल कार्यक्रममा अन्नपूर्ण मिडिया नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले प्रतियाेगीहरुलार्इ पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा सिजन २ काे टप १० मा परेका प्रतिस्पर्धीहरुले अाअाफ्नाे प्रस्तुति दिएका थिए । साथै नेपाल अाइडलमा निकै मन पराइएकाे गीत पंक्षीका गायक पुस्पन प्रधान र हास्य कलाकार संजीव क्षेत्रीले पनि अाअाफ्नाे प्रस्तुति दिएका थिए । 

Loading...