नेपाल टेलिकमले लाभांश शेयरधनीलाई ५५ रुपैयाँका दरले लाभांस दिने

काठमाडौँ, ४ पुस । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघाराँै वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।

Loading...