फेरि भेटियो ३३ किलो सुन, २ जना पक्राउ

काठमाडाैं । भारतको कोलकतामा ३३ किलो सुन सहित दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो भारतको कोलकताबाट उनीहरुको कारबाट सुन बरामद गरि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

उक्त सुन गत वर्षको माघ अन्तिम सातामा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ किलो सुन हुन सक्ने समेत आशंका छ । सोहि साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सहसचिव पौडेलकाे समितिले भारतमा सुन बरामद भएको सूचना पाएसंगै अनुसन्धान थालेको छ ।

कलकता प्रहरीले बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे पुष्टि भइनसकेको स्रोतले जनाएको छ । उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुनको अवैध कारोबार गरेको सुन समितिले दाबी गरेको थियो ।

Loading...