सांस्कृतिक र मौलिक पहिचान प्रदशन गरि काठमाडौँ महानगरले मनाउदै २४ औं महानगर दिवस

१२१ बाजागुरुहरुको बृहत सम्मान र १० जना पत्रकार पुरस्कृत

     

१ पुस, काठमाडौं। मुलुककै जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले महानगरपालिकाले शनिबार २४ औं महानगर दिवस मनाएको छ। तीन दिनसम्म उत्साहपूर्वक महानगर दिवसलाई महानगर महोत्सवका रुपमा मनाउने काठमाडौं महानगरपालिकाको निर्णयबमोजिम मंसीर २९ गते शनिवारवाट महानगर दिवस तथा महोत्सव मनाएको हो।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, ३ नंबर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडे्ल, ३ नंबर प्रदेशकै पूर्वमन्त्री केशव स्थापित, सांसद राजेश शाक्य, बसन्त मानन्धर लगायतको आतिथ्यता रहेको थियो।
महानगर भित्र रहेका परम्परागत तथा अमूर्त सम्पदा मानिएको परम्परागत संस्कृतिका बाजागाजाका १ सय २१ जना बाजा गुरुहरुलाई सम्मान पत्र सहित जनही २५ हजारका दरले सम्मान गरेको थियो।
यसै गरि महानगरको पहिलो मेयर जनकमान श्रेष्ठलाई पनि अभिनन्दन गरिएको कार्यक्रममा जनही नगद ५० हजार सहित सुशासन पत्रकारिता गर्दैआएका १० जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो।

सङ्घीयताको कार्यान्वयनका लागि समन्वय आवश्यक–—-उप प्रम पोखरेल————–

कर्येक्रम्का प्रमुख अतिथि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभएको छ ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राजनीतिक फैसला गरेर सङ्घीय संरचनामा गयौँ तर अहिले पनि प्रशासनिक र वित्तीय हिसाबले सङ्घीयताको नमूनालाई प्रयोग गर्न सकेका छैनौँ, आगामी हिउँदे अधिवेशनबाट कानून बनाएर प्रभावकारी कार्यान्वयनमा लगिनेछ ।”

उहाँले महानगरलाई नयाँ ढङ्गले विकास र समृद्ध बढाउन प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्कृति र पुरातात्विक सम्पदाको महत्वपूर्ण थलोका रुपमा परिचित काठमाडौँ महानगरको योजनाबद्ध विकासका लागि सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानगरपालिकाको दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडाको ‘ल्याण्डफिल्ड’ क्षेत्रलाई व्यवस्थित बनाइने बताउनुभयो । “अब कुनै पनि दिन महानगरको फोहर उठेन भन्ने गुनासो नआउने गरी फोहर व्यवस्थापनको योजनाबद्ध कार्यक्रम अघि बढाएका छौँ, जसले वातावरण व्यवस्थापन र शहरी सौन्दर्यता कायम गर्नेछ,”–उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने क्रममा सबैभन्दा महत्वपूर्ण महानगरको संस्कृति र पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण प्रवद्र्धनका लागि तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इतिहास, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने महानगरको विकास र समृद्धिका लागि तीन तहका सरकारले समन्वय गरी योजना कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो । महानगरले प्रदेश सरकारको सहकार्यमा काठमाडौँलाई सफा धुवाँ, धुलोमुक्त शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइएको र अन्य महानगरसँग समन्वय गरी आधुनिक सुविधायुक्त विद्युतीय सवारी साधन सञ्चालन गरिने उहाँको भनइ थियो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्कीले प्राचीन सभ्यताको नगरी काठमाडौँ शहरलाई व्यवस्थित र समृद्ध बनाउन सरोकारवाला निकायसँग समन्वयका साथ अघि बढ्ने बताउनुभयो । विसं २०५२ मा काठमाडौँ नगरपालिकालाई महानगरपालिको रुपमा घोषणा गरिएको थियो ।    

Loading...