काठमाडौंमा एन्पिनोग सूचना प्रविधि सम्मेलन

काठमाडाैं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) को आयोजनामा काठमाडौंमा सूचना प्रविधि सम्मेलन सुरु भएको छ । इन्टरनेट सेवा प्रदायक एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाको समूह एन्पिनोगले आइतबारदेखि सुरु गरेको सम्मेलन ६ दिनसम्म चल्ने छ ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायी, प्रविधिको अनुसन्धान एवं शिक्षण संस्थाका प्रतिनिधिकाबीच विश्वमा पछिल्लो सयम भइरहेका उत्कृष्ट अभ्यासको बारेमा छलफल भइरहेको छ । कार्यक्रममार्फत इन्टरनेट प्रविधिका बारेमा जानकारी हासिल गर्नुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीको बारेमा समेत जानकारी लिन सकिने बताइएको छ ।

कार्यक्रमको पहिलो दिन प्राविधिक सम्मेलन सम्पन्न भएको छ । अन्य दिनमा प्राविधिक विषयवस्तुलाई समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला गोष्ठीमा नेटोर्क म्यानेजमेन्ट एन्ड सेक्युरिटी, आईपीभी सिक्स डेप्लोमेन्ट, एफटीटीएच, वाइफाई म्यानेजमेन्ट÷सेक्युरीटी, सिस्टम एड्मिनिस्टेटर विषयमा छलफल हुनेछ ।

कार्यक्रम स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीका साथै सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरतका लागि विशेष लाभदायक हुने विश्वास आयोजकले लिएको छ । गोष्ठीमा सहभागी हुन चाहने विद्यार्थीका लागि आयोजकले लाग्ने शुल्कमा ५० प्रतिशत प्रदान गर्ने जनाएको छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहनेमध्ये महिला सहभागीलाई प्रश्नावली एवं दर्ताको आधारमा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।

Loading...