देउवाको उपस्थिति विनै संवैधानिक परिषदको बैठकबाट जबरा प्रधानन्यायधिशमा सिफारिस

काठमाडौं, २७ मंसिर । सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधिश चाेलेन्द्र शमशेर जबरा प्रधानन्यायाधिशमा सिफारिस भएका छन् ।

बिहिबार बिहान बसेकाे संवैधानिक परिषदकाे बैठकले उनलार्इ प्रधानन्यायाधिशमा सिफारिस गरेकाे हाे । परिषद्काे बैठक बुधवार बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएकाे थियाे । बिहीबार पनि देउवा बैठकमा अाएनन् । देउवाकाे अनुपस्थिति विनै परिषदले याे नाम सिफारिस गरेकाे हाे ।

परिषदले सिफारिस गरेपछि जबरा प्रधानन्यायाधिश बन्ने बाटाे खुलेकाे छ । अब यसपछि उनकाे संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।

Loading...