कोहलपुर-लमही सडक खण्डमा बस र स्कार्पियो ठोक्किदा ६ को मृृत्यु

दाङ, २७ मंसिर । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलाहा दुलही भने अर्काे स्कारपियोमा भएको हुनाले बाँच्न सफल भएका छन् । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Loading...