काठमाडौंमा नक्कली सुनको बिगबिगी, ६६ लाखमा दुर्इ केजी नक्कली सुन बेच्न लागेका २ पक्राउ

काठमाडौँ । राजधानीमा नक्कली सुनकाे बिगबिगी बढ्न थालेकाे छ । सक्कली सुन भन्दै सस्ताे दरमा नक्कली सुन बेच्ने गिराेह नै सक्रिय भएकाे प्रहरीले बताएकाे छ । यसैक्रममा प्रहरीले नक्कली सुन बेच्ने तयारी गरिरहेका दुई जनालार्इ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चाेकका दुर्इ युवा रहेका छन् । सिन्धुपाल्चोक घर भएका २३ वर्षीय लालबहादुर लामा र २२ वर्षीय राजिव तामाङलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। राजिव यसअघि पनि नक्कली सुन बेचेकै अभियोगमा पक्राउ परेका थिए । उनलार्इ धरौटीमा रिहा गरिएकाे थियाे । यसपटक फेरि राजिव अर्का व्यक्ति लालबहादुर लामासहित दुर्इ केजी सुन बेच्ने तयारी गरिरहेकाे प्रहरीले सूचना पायाे । साेही अाधारमा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरु उक्त नक्कली सुन ६६ लाख रुपैयाँमा बिक्री गर्ने तयारी गरिरहेका थिए। प्रहरीले उनीहरुलाई बौद्धबाट नियन्त्रणमा लिएको हो। पछिल्लो समय राजधानीमा सक्कली सुन भनेर नक्कली सुन बेच्ने गिरोह सक्रिय रहेको पाईएको छ।

Loading...